मोटरसाइकल ब्राण्ड केटिएमले बिएस६को मोडल नयाँ २०२० रेन्ज आज लन्च गर्ने बताइएको छ।
केटिएम बाइकको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हन्सराज हुलासचन्द प्रालीले उक्त मोडलको बाइक सोमबार लञ्च गर्ने बताएको हो।
बिएस६ मोडल बाइकमा हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्प अपग्रेड गरिएको छ। यसको पूरै बनावटलाई नयाँ रुप दिएको कम्पनीले बताएको छ।
यो बाइकमा डुअल–च्यानल एबिएस र लेड डिआरएलएस लगायत नयाँ सुविधाहरु छन्।
साथै अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, डिओएचसी, ४–भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, डब्लुपी सस्पेन्शन र उच्च प्राविधिक क्षमताको कम्पनेन्ट जडान गरिएको छ।
यसमा 'फ्यूल' क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ। जसबाट चालकले ३० प्रतिशत अतिरिक्त दूरीसम्मको आनन्द लिनसक्ने कम्पनीको भनाइ छ।
केटिएम२०० ड्युकको यो श्रेणीमा २५पिएसको पावर छ।
यसले आउटगोइङ्ग मोडलको रुपमा १९.३एनएमटर्क उत्पन्न गर्नसक्छ।
डुअल–च्यानल एबिएसको नयाँ केटिएम२०० ड्युक२ नयाँ रङ्गको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध हुनेछ। जसको प्रारम्भिक मूल्य ५ लाख ३९ हजार ९सय छ।
पावर र तौलको तुलनामा निकै हलुका रहेको यो बाइकमा अत्याधुनिक प्राविधि जडान गरिएको कम्पनीले बताएको छ।
केटिएम३९० ड्युकमा पहिलेदेखि राइड–बाय–वायर, स्लीपर क्लच, सुपरमोटोको साथ डुअल–च्यानल एबिएस, टिएफटी डिस्प्ले र लेड हेडल्याम्प सुविधाहरु छन्।
यस श्रेणीमा सबैभन्दा धेरै ४३.५ पिएस पावर छ र यसले ३७एनएम टर्क उत्पन्न गर्छ।
यसबाहेक २०२०, केटिएम३९० ड्युक क्वीकसिफ्टरप्लस जडित छ। जसको प्रयोग अहिलेसम्म सुपरबाइकहरुमा मात्र थियाे।
बाय–डायरेक्शनल क्वीकसिफ्टरप्लसको प्रयोग यस श्रेणीमा पहिलोपटक गरिएको हो। जसले चालकलाई क्लच लीबरको प्रयोग नगरी गियरलाई बडाउन वा घटाउन, दुवैतर्फ सिफ्ट गर्छ।
सामान्य क्लच गियर क्वीकसिफ्टरप्लसमा बाइकको पावर कम हुँदैन तथा तीव्र गतिले गियर सिफ्ट गर्न सम्भव हुने कम्पनीको भनाइ छ।
२०२० केटिएम ३९० ड्युकको मूल्य ८ लाख ४९ हजार ९ सयको मूल्यमा पाइन्छ।
नयाँ ग्राफिक डिजाइनको यो बैंक २ नयाँ रङ्गहरु– सिल्वर मेटालिक र सेरेमिक व्हाइटमा उपलब्ध छ।
२०२०केटिएम २५० ड्युकमा ओपन–कार्टिज, अपसाइड–डाउन डब्लुपी फोर्क, स्लीपर क्लच, र प्री–लोड एड्जस्टेबल मोनो सक जस्ता विशेषताहरु छन्।
यसमा ३०पिएसको पावरसँगै २४एनएम टर्क उत्पन्न गर्दछ। नयाँ २०२० केटिएम २५० ड्युकमा स्ट्याण्डर्ड बाइक सुपर मोटो र डुअल–च्यानल एबिएस जडान गरिएको छ।
यो मोडल २ नयाँ रङ्ग – सिल्भर मेटालिक र डार्क गैलभानोमा उपलब्ध छ। यसको मूल्य ६ लाख ३९ हजार ९सय रहेको छ।
केटिएमको आरसी मोटो जिपी फ्याक्ट्री रेसर्सबाट प्रेरित छ। आरसी३९० र आरसी२०० नयाँ रङ्गहरु र ग्राफिक्समा उपलब्ध छ।
२०२० केटिएम आरसी २००को स्ट्याण्डर्ड बाइकको डुअल–च्यानल एबिएस अपग्रेड गरिएको छ।
यस श्रेणीको सबै बाइक बिएस६को अनुरुप छ। पावर एवं टर्कको अनुरुप प्रदर्शन मापदण्डलाई कायम राखिएको कम्पनीको भनाइ छ।
२०२०आरसी रेन्जको मूल्य
आरसी२००ः ६ लाख १४ हजार ९ सय
आरसी३९०ः ८ लाख २४ हजार ९ सय
बिएस४ देखि बिएस६को मूल्य
माेडल | केटिएम | परिवर्तित मूल्य |
बिएस४ | बिएस६ |
२०० ड्युक | रु.५,२४,९०० | रु.५,३९,९०० | रु.१५,००० |
आरसी २०० | रु.६,१४,९०० | रु.६,१४,९०० | परिवर्तन छैन |
२५०ड्युक | रु.६,३९,९०० | रु.६,३९,९०० | परिवर्तन छैन |
३९०ड्युक | रु.८,२९,९०० | रु.८,४९,९०० | रु.२०,००० |
आरसी ३९० | रु.८,१९,९०० | रु.८,२४,९०० | रु.५,००० |