नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियलले टुनल्यान्ड ई पिकअप र भ्यान भ्यु सीएस२एल भ्यान सार्वजनिक गरेको छ।
फोटोनको नयाँ टुनल्यान्ड-ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाईड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको छ।
जसले ३६०० आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६००देखि २४०० आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ ।
टुनल्यान्ड-ईको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको छ। साथै यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर रहेको छ।
यात्रुको आरामका लागि टुनल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विशबोन क्वाइल स्प्रिङ) र पछाडि शक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ।
सुरक्षाको लागि यसमा डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ लगायतका फिचर्स समावेस गरिएका छन्।
त्यस्तै यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यु मिरर विषेशता रहेका छन्।
कम्पनीले यसको मूल्य ५९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ।
‘टुनल्यान्ड ईमा विश्वप्रसिद्ध ब्रान्डको पावर पर्फर्मेन्स र रिलायबिलिटी र ओरिजिनल रोबस्ट डिजाइनको बेजोड मिलन रहेको फोटोन नेपालका सेल्स हेड नविन आचार्यले बताए।
‘हामीलाई विश्वास छ यसले फैलदो पिकअप बजारको मागलाई सम्बोधन गर्नेछ’ उनले भने।
टुनल्यान्ड ईसँगै एमएडब्लु वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक गरेको छ।
यसमा लगाइएको २.८ लिटरको कमिन्स् इन्जिनले ३ हजार ६सय आरपीएमा अधिकतम १ सय १० किलोवाट पावर र ३ हजार आरपीएममा ३ सय ३० एनएम टर्क उत्पन्न गर्छ। जुन प्रतिस्पर्धी मध्येकै सबैभन्दा बढी हो।
यसमा भ्यु सीएसएलमा डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट लगायतका फिचर्स समावेस छन्।
यसमा नयाँ भ्यु सीएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ।
नेपाली बजारका लागि भ्यु सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ।
यो भ्यानको मूल्य प्रतिस्पर्धी १६ सिट क्षमताको भ्यानको भन्दा कम भए पनि यसले दुई गुणासम्म बढी आम्दानी दिने आचार्यको दावी छ।
नयाँ पिक र भ्यानले कमिर्शियल भेहिकलको मागलाई सम्बोधन गर्ने कम्पनीको अपेक्षा छ।
‘हामीलाई विश्वास छ विश्वासनीय र सस्तो भ्यु सीएस२एलले हालको १६ सिट क्षमताको बजारलाई १९ सिट क्षमताको भ्यानमा परिणत गर्नेछ,’ उनले भने।