यामाहा नेपालले भर्चुअल लन्च गरेर नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ। यामाहाको आधिकारिक विक्रेता एमडब्लु इन्टरप्राइजेजले नयाँ रे जेडआर १२५ एफआई स्कुटर सार्वजनिक गर्न लागेको हो।
रे जेडआर १२५ को भर्चुअल लन्च यहिँ आउँदो असोज ७ गते ठिक साँझ ७ बजेदेखि यामाहाको युट्युब च्यानल https://www.youtube.com/yamaha-nepal/live बाट प्रत्यक्ष प्रसारण हुने यामाहा नेपालले बताएको छ।
नेपाली अटो बजारमा यामाहाले जहिले पनि नयाँ नयाँ प्रविधि भित्र्याउनमा अग्रणी भूमिका खेल्दै आएको छ। यामाहाले आफ्नो मोटरसाइकलमा फ्युल इन्जेक्सन, ब्लुकोर टेक्नोलोजी, बीएस६ लगायतको प्रविधिहरु अन्य कम्पनीले भन्दा अगाडी नै बजारमा ल्याउँदै आएको छ।
फिजिकल लन्च गर्न नपाएर अटोमोबाइल क्षेत्रलाई गाह्रो भइराखेको अवस्थामा विश्वकै लेटेस्ट टेक्नोलोजीबाट यामाहाले भर्चुअल लन्च गर्न लागेको हो।
यामाहा रे जेडआर १२५ एफआईको लाइभ लन्च धेरैभन्दा धेरै मानिसलाई लाइभ टेलिकास्टमा सहभागि गराउनको लागि यामाहाले लाइभ टेलिकास्टबाट कार्यक्रम हेर्ने ब्यवस्था मिलाएको छ।
लाइभ टेलिकास्ट कार्यक्रममा दर्शकहरुबाट एकजनालाई लक्की ड्र मार्फत नयाँ रेज जेडआर १२५ बाट पुरस्कृत गरिने नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लु इन्टरप्राइजेजले जनाएकोे छ।
लक्की ड्र मा सहभागि हुनको लागि यो लिंक https://yamaha.com.np/rayzr-register-win/ मा गएर आफ्नो नाम रजिस्टर गर्नुका साथै प्रत्यक्ष लाइभ टेलिकास्टमा सहभागि हुन सकिने यामाहा नेपालले जनाएको छ।