हुन्डाईको ग्राण्ड आई टेन नियोस नेपाली बजारमा सार्वजनिक भएको छ।
नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीलेहुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहमा सार्वजनिक गरेको हो।
हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा डुअल भिटिभिटि टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ।
यसले ६ हजार आरपिएममा ८३ पिएस पावर जेनेरेट गर्छ। ग्राण्ड आई टेन नियोसले ५ म्यानुअल र स्मार्ट अटो दुबै किसिमको ट्रान्समिसनमामा उपलब्ध छ ।
हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लसी ब्ल्याक रेडिएटर ग्रिल, बुमर्याङ्ग आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्चको अलाए ह्विल पाउन सकिन्छ।
नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।यसमा एप्पल कार प्ले, एन्ड्रोइड अटो र बेस्ट इन सेग्मेन्ट टच स्क्रिन इन्फोटिनमेन्टका साथै रियर एसी भेन्ट जस्ता फिचर्स समावेस छन्।
सुरक्षित यात्राको निम्ती भने हुन्डाईले नियोसमा स्ट्रोङ बडी स्टक्चर, फ्रन्ट डुअल एयर ब्याग, इबिडी सहितको एबिएस, ड्राइभर रेयर भ्यू मोनिटर लगायतका फिचर्स छन्। यो गाडीको सुरुवाती मूल्यकायम गरिएको कम्पनीले जनाएको छ। ३ लाख ९६ हजार कायम गरिएको कम्पनीले जनाएको छ।