हुण्डाईले दशैंअघि ३ वटा गाडी ल्याउने भएको छ।
नेपालको लागि हुण्डाइ मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले सेडान गाडी औरा र ग्राण्ड आई टेन नियोस ल्याइसकेको छ भने नेक्स्ट जेनेरेसन क्रेटा ल्याउने तयारीमा छ।
कम्पनीले १४९७ सिसी पेट्रोल इन्जिनको क्रेटा लेराउन लागेको हो।
यसले ६ हजार ३ सय आरपिएममा १ सय १३ बिपिएच पावर र ४ हजार ५ सय आरपिएममा १४४ एनएक टर्क जेनेरेट गर्छ। ६ गियर म्यानुअल ट्रान्समिसनको यो गाडीले १६.८ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।
यसमा ५ वटा ढोका र ५ वटा सिट छन् भने ४ सय ३३ लिटरको बुट स्पेस रहेको छ। क्रेटामा पावर स्टेरिङ, पावर विन्डो, एबिएस, एयर कन्डिसनर, एयर ब्याग, अटोमेटिक क्लाइमेट कन्ट्रोल, अलोय ह्विल लगायतका फिचर्स रहेका छन्।