दशैं–तिहारको लागि बजाजले नयाँ योजना ल्याएको छ।
बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले ‘खुशी खोज्ने होइन रोज्ने’ योजना सार्वजनिक गरेको हो।
यो योजनाअन्तर्गत ग्राहकले बजाजका कुनै पनि मोडलका मोटरसाइकल किन्दा १० हजार छुट वा ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य ब्याजदर वा २० प्रतिशत मात्र डाउनपेमेन्ट गर्न पाउँनेछन्। यो योजना छठसम्म रहने कम्पनीले जनाएको छ।