सन् १९०३ देखि निरन्तर उत्पादन भइरहेका विश्वको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हस्कभर्नाको नेपालमा मोटरसाइकल बिक्री सुरू भएको छ।
हंसराज हुलासचन्द एण्ड कम्पनीले स्भार्टपिलेन २५० र भिटपिलेन सार्वजनिक गरेको हो।
हस्कभर्ना मोटरसाइकल केटिएमको शोरूमबाट बेचिने कम्पनीले जनाएको छ।
स्वार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँदछ। यो अन रोड र अफ रोड दुवै यात्राहरूको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।
भिटपिलन २५० मा स्पोर्टी डिजाईन, क्लिपभएको ह्याण्डलबार र फ्रन्ट लीन राइडिंग पोजिसन छ।
यसको २५० सीसीले फ्युल इन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल सिलिन्डर, ४–स्ट्रोक डीओएचसी इञ्जिन सुविधा प्रदान गर्दछ।, जसले उच्च गतिमा इञ्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ।
यसको कम्प्याक्ट चेसिस डिजाइन, डब्लुपी सस्पेन्सन र प्रीमियम गुणस्तरको कम्पोनेन्टहरूको साथ, हस्कभर्ना ट्वीनस्ले उच्च स्तरीय प्रदर्शन गर्ने कम्पनीको दावी छ। कम्पनीले दुवैको मूल्य ५ लाख ६९ हजार ९ सय निर्धारण गरेको छ।