हुन्डाइको नयाँ क्रेटा नेपाली बजारमा सार्वजनिक भएको छ।
नेपालको लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘नयाँ क्रेटा दी अल्टिमेट एसयूभि’को ६ वटा संस्करणमा बजारमा ल्याएको हो।
हुन्डाइको ‘सेन्सियस स्पोर्टीनेस’ सँगै एसयूभिको अगाडिको भागमा तीन ‘डिमेन्सनल क्यासक्याडिङ ग्रिलमा ठाडो र तेर्सो आकार र ‘स्क्लबटेड बम्परको साथमा ‘स्किड प्लेट’ लगाइएको छ।
विशिष्ट रुपमा छुट्टिएको बुमर्याङ्ग आकारको एलइडी डिआरएल सहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फग ल्याम्प जडान गरिएकाे छ। वेलकम फङ्सनसँगै अटो अनफोल्ड ओआरभिएम र पुडल ल्याम्पले एसयूभिलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ।
नयाँ क्रेटामा अल-न्यू-टु टोनकालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६.०३ सेन्टिमिटरको एचडी इन्फोटेन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्टेरिङ्ग छ। साथै माउन्टेड कन्ट्रोल, १७.७८ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटो हेल्दी एयर प्यूरिफायर र स्मुथिङ ब्लु एम्बियन्ट लाइटिङ रहेको छ।
सुरक्षाका लागि नयाँ क्रेटामा बलियो बडी संरचनासँगै एएचएसएसकाअन्य विभिन्न सुरक्षात्मक विशेषताहरु जस्तै: फ्रन्ट डुअल एयर ब्याग, ड्राइभर रेयर भ्यू मोनिटर, हिल स्टार्ट असिस्ट कन्ट्रोल, भेइकल स्ट्याविलिटी म्यानेज्मेन्ट, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल लगायतका फिचर्स रहेका छन्।
नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध छ। ट्रान्समिसनको अप्सन ६ स्पिडमा रहेको छ।
त्यस्तै १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भटर र १.५ पेट्रोल मोटरको लागि आईभिटी अटोम्याटिक रहेको छ। नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध छ।
कम्पनीले यसको मूल्य ४३ लाख ९६ हजार देखि ६५ लाख ९६ हजारसम्म कायम गरेको छ।
वर्षौदेखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका महा–प्रबन्धक रूपेश शर्मा भट्टले बताए।
‘अब क्रेटाले फेरि नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं’ उनले भने।