यूरोपियन गाडी ब्रान्ड रेनोको नयाँ क्विड नेपालमा सार्वजनिक भएको छ। रेनोको लागि नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले क्विड बिएस६ सार्वजनिक गरेको हो।
नयाँ क्विड बोल्ड, अधिक स्टाइलिस र धेरै ‘फस्ट—इन—क्लास’ सुविधाहरू रहेको कम्पनीको दावी छ।
क्विड बिएस६ २ वटा विकल्पमा ल्याइएको छ। १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध क्विड बिएस६ ले ६७ बिएचपी पावर र ९१ एनएक टर्क 'जेनेरेट' गर्छ। ५ सिट क्षमताको यो गाडीमा २७९ लिटरको बुट स्पेस (डिक्की) छ।
यसमा पावर स्टेरिङ, पावर विन्डो, एबिएस, एयर ब्याग, एयर कन्डिस्नर लगायतका फिचर्स छन्।
यसको आरएक्सटी (ओ) विकल्पको २४ लाख ९९ हजार र आरएक्सटी (अटोमेटिक)को २६ लाख ४९ हजार निर्धारण गरिएको छ।
रेनो क्वीडले पहिले नै नेपालमा ग्राहक आधार स्थापना गरिसकेको र नयाँ क्वीडले विस्तार योजनाहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने एडभान्स अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले बताए।