कियाले आफ्नो नयाँ गाडीको बुकिङ खुला गरेको छ।
कियाको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाकाे ‘सब कम्प्याक्ट एसयुभी’ (४ मिटर) सोनेटका ४ वटा विकल्प ल्याउन लागेको हो।
सोनेट कोरियन ब्रान्ड कियाको भारतमा निर्मित तेस्रो गाडी हो।
यो ४ प्रकारका इन्जिनमा उपलब्ध हुनेछ।
–एचटिई १.२ लिटर पेट्रोल
–एचटिके प्लस एटी डिजेल
–एचटिएक्स डिजेल
–जिटिएक्स प्लस डिजेल
कम्पनीले यसको मूल्य क्रमशः ३५ लाख ९० हजार, ४९ लाख ९० हजार, ४७ लाख ९० हजार र ५७ लाख ९० हजार तोकेको छ।
सोनेट सातवटा रङमा उपलब्ध हुनेछ। जसमध्ये तीन वटामा २ वटा रङको मिश्रण हुने कम्पनीले जनाएको छ।
सोनेटले यो 'सेग्मेन्ट' कै सबभन्दा बढी फिचर भएको 'क्याबिन' दिने कम्पनीको दावी छ। यसमा १०.२५ इन्चको 'एचडी इन्फोटेनमेन्ट स्क्रिन' र सब–उफरसहितको ७ वटा स्पिकर छ।
सोनेटमा जडित एलइडी साउन्ड मुड ल्याम्पले यात्रालाई रमाइलो बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै यसमा ताररहित स्मार्टफोन चार्जर, एयर प्युरिफायर लगायत फिचर्स पनि छन्।
सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, भेइकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत सुविधा छन्।