नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ योजनामा विभिन्न अफरहरु ल्याएको छ।
यस अफरअन्तर्गत ग्राहकले कोरियन गाडी एसयुभी, एक्सएलभी किन्दा ३ लाख छुट पाउने भएका छन्।
ग्राहकहरुले आफ्ना पुराना गाडीहरु टिभोली वा एक्सएलभीसँग साटेबापत २ लाख ‘एक्सचेन्ज बोनस’ पनि पाउँनेछन्।
त्यसैगरी, कोभिड वारियर्सहरु (डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी र प्रहरीहरु) लाई थप १ लाख छुट दिने कम्पनीले बताएको छ।
स्याङयोङ्गले दिने अफर
एक वर्ष निःशुल्क बीमा
२५ हजार रुपैयाँ बराबरको निःशुल्क पार्टसहरु
सात वर्ष सजिलो फाइनान्स
तीन वर्ष वारेन्टी
निःशुल्क सर्भिसिङ (चार पटकसम्म)
स्याङयोङ्गको यो अफर बुधबारदेखि असोज २० गते सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।