हुन्डाइ अटोमोवाइल्सले ‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाइ परिवार’ योजना ल्याएको छ।
यो योजनाअनुसार ग्राहकहरुले नगद छुट र सक्र्याच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट पाउने भएका छन्।
त्यसैगरी, बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाइ औरा१ थान र हुन्डाइ ग्रान्डआइ१० नियोस १ थान जित्ने छन्। साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पाउनेछन्।
लक्ष्मी इन्टरकन्टिनेन्टलले यो महामारीमा खटिने स्वास्थ्यकर्मीहरूको लागि ‘विशेष प्याकेज’ दिने निर्णय पनि गरेको छ।
यो योजना गत सोमबारदेखी मंसिर ५ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।