होन्डा मोटर कम्पनीले नयाँ स्कुटर सार्वजनिक गर्न लागेको छ।
होन्डाले १४ अक्टोवरमा ‘फ्रोजा ७५०’ स्कुटर युरोपमा सार्वजनिक गर्न लागेको हाे। यसकाे जानकारी कम्पनीले अगाडी नै 'टिजर'मार्फत दिएकाे थियाे।
कम्पनीले यो स्कुटरबारे वृस्तृत जानकारी दिएकाे छैन।
फ्रोजा १२५ र फ्रोजा ३०० भन्दा यसको इन्जिन क्षमता धेरै हुने कार एण्ड बाइक डटकमले जनाएको छ। यो स्कुटर ७५० सिसीको हुनेछ।
गत वर्ष होन्डा मोटर्सले फ्रोजा ३०० भारतमा ४ युनिट मात्र बिक्री गरेको थियो।