टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले एन-टर्क स्कुटरको नयाँ संस्करण नेपाली बजारमा भित्र्याएको छ।
बुधबार जगदम्बाले भर्चुअल कार्यक्रममार्फत नयाँ संस्करणको एन-टर्क सार्वजनिक गरेको हो। हाल यो स्कुटर ड्रम ब्रेक, डिस्क ब्रेक र रेस एडिसन गरी तीन संस्करणमा उपलब्ध छ।
एन-टर्क १२५ सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै विशेषता र सुविधा, बढी पावर तथा आर्कषक आवरण भएको कम्पनीको दावी छ।
यसमा स्मार्ट कनेक्ट फिचर दिइएको छ जसले चालकलाई हेल्मेट नलगाएको सूचना दिन्छ।
साथै यसको ब्लुटुथ कनेक्ट फिचरले मोबाइलका गतिविधि अगाडि कन्सोलमा देख्न सकिन्छ। स्कुटरको ब्लुटुथ मोबाइलसँग जोडेपछि मोबाइलका एप्स हेर्न, फोन र एसएमएस आएको सूचना पनि देखिनेछ।
यसको जिपिएस, टन वाइ टर्न नेभिगेसन जस्ता सुविधाले आफ्नो गन्तव्यको दुरीबारे पनि जानकारी पाउन सकिन्छ।
एन-टर्कमा हेड-ल्याम्प र टेल-ल्याम्पको डिजाइनले यसलाई स्पोर्टी आवरण दिएको कम्पनीले जनाएको छ।
एन-टर्क १२५ मा १२४.७ सिसी सिंगल सिलिन्डर, एअर-कुल्ड इन्जिन छ। यसको टर्क १०.५ एनएम छ।
कम्पनीले एन-टर्क १२५ ड्रम ब्रेकको मूल्य २ लाख १४ हजार ९ सय तोकेको छ। अनि डिस्क ब्रेकको २ लाख ३७ हजार ९ सय रूपैयाँ छ भने रेस एडिसनको २ लाख ४९ हजार ९ सय रूपैयाँ निर्धारण गरेको छ।