एमजी मोटर्स इण्डियाले प्रिमियम एसयुभी ‘एमजी ग्लस्टर’को बुकिङ खुला गरेको छ। हालसम्म कम्पनीले गाडी सार्वजनिक भने गरेको छैन।
यसको झलक ‘दिल्ली अटो शो २०२०’ मा पनि देखाइएको थियो। यो गाडीमा एडिएएस (एड्भान्स ड्राइभ असिस्टेन्ट सिस्टम) फिचर रहेको छ।
यो फिचरले चालकलाई सहजता प्रदान गर्ने र सुरक्षा दिने कम्पनीको दावी छ।
ग्लस्टरको ‘अडेप्टिभ क्रुज कन्ट्रोल’ले कारको स्पिडलाई अगाडि रहेको सवारी साधनको गतिको आधारमा सन्तुलन गर्छ।
नवभारत टाइम्सका अनुसार यसमा जडान गरिएको वार्निङ सिस्टमले गाडी ठक्कर लाग्नुभन्दा पहिले चालकलाई चेतावनी दिन्छ भने आवश्यक परेमा ब्रेक लागउँछ।
२.० लिटर डिजेल इन्जिनको यो कारले २ सय १८ बिपिएच पावर र ४ सय ८० एनएम टर्म जेनेरेट गर्छ। यसमा ८ स्पिडको 'अटोमेटिक ट्रान्समिसन' दिइएको छ। यसमा ४ ह्विल ड्राइभ फिचर र ७ वटा विभिन्न ड्राइभ मोड रहेको छ।
ग्लस्टरमा १२.३ इन्चको टच स्क्रिन र १२ वटा स्पिकर पनि जडान गरिएको छ। यसमा वायरलेस चार्जिङ सिस्टम पनि रहेको छ।
नेपालमा भने अहिले ल्याउने निश्चित नभएको पारामाउण्ट मोटर्सका महाप्रवन्धक सचिन अर्यालले जानकारी दिए।
एमजी मोटर्स इण्डियाले हालसम्म गाडी निर्यात गर्ने निर्णय नगरेकोले नेपाल ल्याउने/नल्याउने निश्चत नभएको उनले बताए।
‘एमजी मोटर्स इण्डियाले अनुमती दियो भने हामी पक्का ल्याउँछौ। यो गाडी नेपालमा आयो भने मूल्य १ करोड बढी पर्छ,’ उनले भने।