गत सोमबार नेपालमा हुन्डाइको नयाँ क्रेटा सार्वजनिक भयो।
नेपालको लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘नयाँ क्रेटा’ ४ वटा पेट्रोल र २ वटा डिजेल भेरियन्टमा ल्याएको हो।
मनोरन्जनको लागि यसमा २६.०३ सेन्टिमिटरको ‘एचडी’ इन्फोटेन्टमेन्ट सिस्टम जडान गरिएको छ।
त्यस्तै स्टेरिङमा लेदरले र्याप गरिएकाले हेर्दा सुन्दर र समाउँदा आरामदायी हुने कम्पनीले जनाएको छ।
सुरक्षाका लागि नयाँ क्रेटामा बलियो बडी संरचनासँगै फ्रन्ट डुअल एयर ब्याग, ड्राइभर रेयर भ्यू मोनिटर, हिल स्टार्ट असिस्ट कन्ट्रोल, भेइकल स्ट्याविलिटी म्यानेज्मेन्ट, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल लगायतका फिचर्स रहेका छन्।
नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध छ।
यस्तो छ ‘नयाँ क्रेटा’को विभिन्न भेरियन्टको मूल्य
भेरियन्ट | इन्जिन क्षमता | इन्धन | मूल्य |
इएक्स | १४९७ | पेट्रोल | ४८ लाख ९६ हजार |
एस | १४९७ | पेट्रोल | ५२ लाख ९६ हजार |
एसएक्स | १४९७ | पेट्रोल | ५९ लाख ९६ हजार |
एसएक्स सिभिटी | १४९७ | पेट्रोल | ६५ लाख ९६ हजार |
इ | १४९३ | डिजेल | ४३ लाख ९६ हजार |
एस | १४९३ | डिजेल | ५४ लाख ९६ हजार |