नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले २०७७ सालको दसैंको अवसरमा नयाँ गाडी खरिदकर्तालाई 'टाटा मोटर्स दसैं' अफर सार्वजनिक गरेको छ।
उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडी किन्दा चार लाख (सर्तहरू लागू हुनेगरी) सम्मको नगद छुट पाइनेछ। यसका साथै निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा उपहार, प्रत्येक टेस्ट ड्राइभमा पनि आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा पचास हजार सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
दसैंको अवसरमा ग्राहकले टाटा मोटर्सको जुनसुकै सोरूममा गएर नयाँ डिजाइनका उत्पादनहरूः टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडी अवलोकन, टेस्ट ड्राइभ तथा गरेर योजनाको फाइदा उठाउन पनि कम्पनीले आग्रह गरेको छ।