फोर्स मोटर्सले आफ्नो यात्रुबहाक क्रुज गाडीमा दशैं अफरको घोषणा गरेको छ।
कम्पनीले 'फोर्स दशैं आशिर्वाद' अफर अन्तरगत ग्राहकहरूलाई तीन वटा विकल्प दिएको छ।
ग्राहकले गाडी खरिद गर्दा यीमध्ये आफ्नो रोजाइको एक अफर रोज्न सक्ने कम्पनीले जनाएको छ।
पहिलो अफर अन्तरगत फोर्स क्रुजर गाडी किन्ने ग्राहकले ९ महिनासम्म व्याज तथा किस्ता तिर्नुपर्ने छैन भने दोश्रो अफरमा ग्राहकले स्क्र्याच कुपन पाउनेछन् जसमा न्यूतम २ देखि १० लाख रूपैयाँसम्मको पक्का नगद कुपन पाउनेछन्।
यस्तै तेश्रो अफरमा ग्राहकहरूले मात्र ९ लाख रूपैयाँ डाउन पेमेन्ट गरेर गाडी खरिदमा भारी नगद छुट प्राप्त गर्नेछन्।
कम्पनीले सरकारले कोरोना रोकथामका लागि क्षमताको पचास प्रतिशत यात्रु बोक्ने नियम लगाएको भएपनि आफ्नो गाडीबाट दोब्बर आम्दानी गर्न सक्ने जनाएको छ।
यो अफर १४ सिटे ट्र्याक्स क्रुजरमा लागु हुनेछ।