धेरै नेपालीहरु सवारी साधन किन्न दशैं पर्खेर बस्छन्। दशैंकाे अवसरमा सबैजसो कम्पनीहरुले विभिन्न अफर ल्याउने भएकोले सवारीसाधन किन्न यो समय सही पनि हो।
दशैंमा हुने नाडा अटो शोमा सवारी साधन वितरकहरुले नयाँ मोडलका गाडीहरु पनि ल्याउने गर्छन्।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यो वर्ष नाडा अटो शो हुन नसकेपनि गाडी वितरकहरुले नयाँ मोडलका गाडी नेपाल भित्राइरहेका छन्।
टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पनि दशैंलाई लक्षित गरेर प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपालमा सार्वजनिक गरेको छ। यसले ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ समेत पाएको छ।
१.२ लिटरको रेभोट्रन इन्जिन जडित यो गाडीले ८६ पिएस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ।
यसमा रहेको मल्टी ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्ने कम्पनीको दावी छ।
अल्ट्रोजमा आइडल स्टप र स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर लगायतका विशेषताहरु रहेका छन्।
सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडी, सिएससी र डुअल एअरब्यागहरु रहेका छन्।
यस्तो छ विभिन्न अल्ट्रोजको विभिन्न भेरियन्टको मूल्य:
भेरियन्ट | इन्जिन क्षमता | मूल्य |
एक्सइ | ११९९ सिसी | २९, ९९,००० |
एक्सएम | ११९९ सिसी | ३२,५५,००० |
एक्सटी | ११९९ सिसी | ३५,५५,००० |
एक्सजेड | ११९९ सिसी | ३८,५५,००० |