कियाका दुई मोडलका गाडी किन्दा चार लाख रुपैयाँसम्मको छुट पाउन सकिने भएको छ।
नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजनामा यस्तो छुटको अफर ल्याएको हो।
कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी किन्ने ग्राहकले उक्त छुट पाउने कम्पनीले बताएको छ।
यो योजनाको समयमा गाडी किन्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन्। योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्ने बताइएको छ।
कम्पनिकाअनुसार उक्त योजनाअन्तर्गत दिएको छुट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिन्छ।
केही दिनअघि कम्पनीले कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुला गरेको छ। कम्पनीकाअनुसार सोनेटको सुरुआती मूल्य ३५ लाख ९० हजार तोकिएको छ।