डाट्सन इन्ट्री लेबलको गाडीको रुपमा चिनिन्छ।
यसको सुरुआती मूल्य नै १९ लाख मात्र भएकोले मोटरसाइकलबाट गाडीमा अपग्रेट हुन चाहानेको लागि यो राम्रो विकल्प हुन सक्छ।
हाल डाट्सनको २ वटा मोडलमा ५ वटा संस्करण उपलब्ध छ।
डाट्सनमै पनि धेरै फिर्चस भएको गाडी किन्न चाहानेको लागि २७ लाखसम्मको गाडी उपलब्ध छन्।
सन् २०१४ मा पहिलो पटक नेपाली बजारमा भित्रिएको डाट्सन हालसम्म ३ हजारभन्दा धेरै युनिट बिक्री भएको डाट्सनको नेपालको लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पका असिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले जानकारी दिए।
धेरै महिना लकडाउनले गाडी बिक्रीमा समस्या पारे पनि लकडाउन पछि भने राम्रो बिक्री भएको उनले बताए।
‘बल्ल सिजन सुरु हुन लाग्यो। यो वर्ष पनि राम्रो सेल्स हुन्छ भन्ने हाम्रो विश्वास छ,’ चन्दले भने।
यस्तो छ डाट्सनको विभिन्न संस्करणका गाडीको मूल्यः
मोडल | क्षमता | मूल्य |
रेडी गो टी(ओ) | ७९९ सिसी | १९,९९,००० |
रेडी गो टी(ओ) | ९९९ सिसी | २१,९९,००० |
न्यू गो ए ओ | ११९८ सिसी | २५,९९,००० |
न्यू गो टी | ११९८ सिसी | २६,९९,००० |
न्यू गो टी ओ | ११९८ सिसी | २७,९९,००० |