सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेको सुजुकीका कारहरू नेपाली बजारमा भित्रने भएको छ।
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पल भित्र्याउँन लागको हो।
हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिए छन्।
भिटारा युरोपेली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम एसयुभी मध्ये पर्छ। यसमा फोरव्हील सिस्टम, १.६ लिटरको इन्जिन र अन्य अत्याधुनिक फिचर रहनेछन्।
जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपेरियन्स’लाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास छ। भीटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार रूपैयाँ रहेको छ।
सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रि–बुकिङ सुरु गरेको छ। यी गाडीहरु सीजी नेक्स्ट जेन सोरुमहरुमा पाइने छ।