टाटा मोटर्सले अहिलेको भन्दा शक्तिशाली इन्जिन भएको ‘टाटा अल्ट्रोज’ ल्याउने तयारी थालेको छ।
नयाँ टाटा अल्ट्रोज १.२ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन सहितको ल्याउन लागिएको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
टर्बो इन्जिनको अल्ट्रोजले १०८ बिपिएच पावर र १४० एनएम टर्क जेनेरेट गर्ने दावी गरिएको छ।
यो गाडी पहिलो पटक जेनेवा अटो शोमा प्रदर्शन गरिएको थियो। यो इन्जिन जोडिएपछि कार सेग्मेन्टकै शक्तिशाली हुने बताइएको छ।
नेपालमा केही समयअघि रेभोट्रन इन्जिनको टाटा अल्ट्रोज सार्वजनिक भएको थियो।
१.२ लिटरको रेभोट्रन इन्जिन जडित यो गाडीले ८६ पिएस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ।
यसमा रहेको मल्टी ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्ने कम्पनीको दावी छ।
अल्ट्रोजमा आइडल स्टप र स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर लगायतका विशेषताहरु रहेका छन्।
सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडी, सिएससी र डुअल एअरब्यागहरु रहेका छन्।