होन्डाले भारतिय बजारमा नयाँ मोटरसाइकल ल्याएको छ।
कम्पनीले आफ्नो प्रिमियम मोटरसाइकल ‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक गरेको हो।
नवभारत टाइम्सका अनुसार यो मोटरसाइकलको डिजाइन भारतमै भएको हो। यसको निर्माण पनि भारतमै हुनेछ।
यसमा जडित ३४८ सिसीको ‘सिङ्गल सिलिन्डर एयर कुल्ड इन्जिन’ले ५ हजार ५ सय आरपिएममा २०.८ बिपिएच पावर र ३ हजार आरपिएममा ३० एनएम टर्क जेनेरेट गर्छ।
यो डिएलएक्स र डिएलएक्स प्रो गरी २ वटा भेरियन्टमा उपलब्ध छ।
यसमा ट्यूवलेस टायरसँग १७ इन्चको अलोय ह्विल जडान गरिएको छ।
त्यसैगरी ब्लुटुथ कनेक्टिभिटी, ब्याट्री अवस्था हेर्ने उपकरण, एलइडी लाइट, डुअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम लगायत विशेषता दिइएको छ।