हुन्डाईको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले केही समय अघि मात्रै तीन वटा गाडी सार्वजनिक गर्यो।
लकडाउनका कारण गाडी आयात रोकिएकोले कम्पनीले चाहेअनुरूप गाडी ल्याउन सकेन।
सोही कारण दसैंमा हुन्डाईका ग्राकहलाई सेडान गाडी औरा, ग्राण्ड आई टेन नियोस र नेक्स्ट जेनेरेसन क्रेटा मात्र विकल्प रहेको छ।
त्यसमध्ये यहाँ ‘ग्राण्ड आई टेन नियोस’ को बारेमा चर्चा गरिएको छ।
गत असोज १ गते सार्वजनिक भएको यो गाडी दसैमा गाडी खरिद गर्न चाहनेको लागि उपयुक्त विकल्प हुन सक्छ।
हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा डुअल भिटिभिटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ।
यसले ६ हजार आरपिएममा ८३ पिएस पावर जेनेरेट गर्छ। नियोस ५ म्यानुअल र स्मार्ट अटो दुबै किसिमको ट्रान्समिसनमामा उपलब्ध छ।
नियोसमा ग्लसी ब्ल्याक रेडिएटर ग्रिल, आकर्षक टेल ल्याम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्चको अलाए ह्विल पाउन सकिन्छ।
नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ।
यसमा एप्पल कार प्ले, एन्ड्रोइड अटो र सेग्मेन्टमै उत्कृष्ट टच स्क्रिन इन्फोटिनमेन्टका साथै रियर एसी भेन्ट जस्ता फिचर्स समावेश गरिएको कम्पनीले जनाएको छ।
सुरक्षित यात्राको निम्ती यसमा अगाडि डुअल एयर ब्याग, इबिडी सहितको एबिएस, ड्राइभर रेयर भ्यू मोनिटर लगायतका फिचर्स छन्।
यस्तो छ नियोसका विभिन्न भेरियन्टको मूल्यः
भेरियन्ट | इञ्जिन क्षमता | इन्धन प्रकार | मूल्य रु |
म्याग्ना | ११९७ सिसी | पेट्रोल | ३०,९६,००० |
म्याग्ना एएमटी | ११९७ सिसी | पेट्रोल | ३३,९६,००० |
स्पोर्टस | ११९७ सिसी | पेट्रोल | ३३,९६,००० |