बजाजको सवारी साधनको व्यापार १० प्रतिशतले वृद्धि भएको छ। बजाज भारतले जारी गरेको सेप्टेम्बरको रिपोर्ट अनुसार यो महिनामा चार लाख ४१ हजार तीन सय छ वटा बिक्री भएको हो।
२०१९ को साेही महिनामा चार लाख दुइ हजार ३५ वटा मात्र बिक्री भएको थियो।
अमर उजालाका अनुसार बजाजका दुइ पांग्रे सवारी साधनको व्यापार भने २० प्रतिशत वृद्धि भएको छ।
मोटरसाइकल र स्कुटर सेप्टेम्बर महिनामा चार लाख चार हजार आठ सय ५१ युनिट बिक्री भएको छ भने गत वर्षको यही महिनामा ३ लाख ३६ हजार ७ सय ३० युनिट मात्र बिक्री भएको थियो।
भारतीय बजारमै पनि बजाजको अस्पताल बढेको छ। गत वर्ष सेप्टेम्बरमा २ लाख १५ हजार ५ सय १ वटा बिक्री भएकोमा यो वर्ष २ लाख २८ हजार ७ सय ३१ वटा बिक्री भएको छ।