बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस ल्याएको छ। यो गाडी स्पाेर्ट डिजाइनमा छ। यसमा 'रोडस्टर डिजाइन'को हेडल्याम्प पनि छ।
यो गाडीमा स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु जडान छन्। याे १६० सिसी डीटीएस—आई इन्जिनमा छ। जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ।
यसले ५—स्पीड म्यानुअल ट्रान्समिसन प्रयोग गर्छ। यो गाडीको अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि १३० एमएम ड्रम ब्रेक छ। यसमा लामो सिट छ।
यो स्पाइसी रेड र इबोनी ब्ल्याक कलर संस्करणमा पाइन्छ। यसको सुरुवाती मुल्य तीन लाख १९ हजार ९ सय रहेको छ। यो गाडी बिहीबारदेखि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ।