अमेरिकी इलेक्ट्रिक कार कम्पनी टेस्ला भारतीय बजारमा भित्रने भएको छ।
भारतीय बजारमा २०२१ मा टेस्लाका गाडी भित्राउन लागिएको टेस्लाका सिइओ एलेन मस्कले जानकारी दिए।
‘जि बिजनेस’का अनुसार एक ट्विटर प्रयोगकर्ताले टेस्ला भारतमा कहिले ल्याउने भन्ने प्रश्नमा मस्कले जवाफ दिएका हुन्।
उनले प्रतिक्षाको लागि धन्यवाद, अर्को वर्ष पक्का भन्ने जवाफ दिएका थिए। कम्पनीले पहिले पनि भारतीय बजारमा आउने प्रयास गरेको थियो तर केही सरकारी नियमको कारण सम्भव हुन सकेन।
मस्कले २०१८मा ट्विट गर्दै केही चुनौतीपूर्ण नियमको कारण भारतीय बजारमा प्रवेश गर्न नसकेको बताएका थिए।