भारतमा नयाँ डिजाइन थारको बुकिङ खुलेको ४ दिनमै ९ हजार युनिट बुकिङ भएको छ।
कम्पनीले गत शुक्रवारदेखि १८ वटा शहरमा टेष्ट ड्राइभ र बुकिङ सुरु गरेको थियो।
भारतीय बजारमा यसको मूल्य ९ लाख ८० हजार देखि १३ लाख ७५ हजार निर्धारण गरिएको छ।
कम्पनीले नयाँ थारलाई २ वटा मोडल ‘एएक्स’ र ‘एलएक्स’ मा ल्याएको हो।
यो पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ। यसको डिजाइन र इन्जिनियरिङ भारतमै गरिएको हो भने यसको निमार्ण भारतकै नासिक स्थित प्लान्टमा गरिने छ।
थारमा २।० लिटरको पेट्रोल र २।२ लिटरको डिजेल इन्जिन जडान गरिएको छ।
कम्पनीले अक्टोबर १० मा अरु एक सय वटा शहरमा र अक्टोवर १५ देखि भारतभर टेष्ट ड्राइभ सुरु गर्ने छ। कम्पनीकाअनुसार नोभेम्बर १ देखि डेलिभरी सुरु हुनेछ।