गाडी कम्पनी अशोक लेलैन्ड र सनराइज बैंकबीच सम्झौता भएको छ।
आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सनराइज बैंकबाट परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न र ब्याज अनुदान सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र आइएमइ मोटर्सको तर्फबाट कार्यकारी निर्देशक संदिप अग्रवालले हस्ताक्षर गरे।
उक्त कम्पनीका दोस्त मोडलका सवारी किन्न बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिसतसम्मको सहुलियतपूर्ण कर्जा पाइने बताइएको छ।
यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ।
यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि कर्जा प्रवाह गर्ने भएको छ।
अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु किन्नेले सनराइज बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा पाउँछन्।