गत महिना सेप्टेम्बरमा भारतीय अटो बजार निकै चलायमान देखियाे। यो समयमा धेरैजसो कम्पनीको सेल्स बढेको छ भने केहीको घटेको छ। हामीले यहाँ सबैभन्दा धेरै बिक्री भएका टप–१० गाडीबारे उल्लेख गरेका छौँ।
१. मारुती सुजुकी स्विफ्ट
सेप्टेम्बरमा मारुती सुजुकी स्विफ्ट भारतमा सबैभन्दा धेरै बिकेको छ। यो एक महिनामा २२ हजार ६ सय ४३ युनिट बिक्री भएको हो। 'अमर उजाला' अनुसार गत वर्ष सोही महिना (सेप्टेम्बर)मा स्विफ्ट १२ हजार ९ सय ३४ युनिट मात्र बिक्री भएको थियो। यो वर्ष स्विफ्टको सेल्स ७५.०७ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।
२. नेक्सा बलेनो
मारुतीको प्रिमियम ह्याच ब्याक नेक्सा बलेनो १९ हजार ४ सय ३३ युनिट बिक्री भएको छ। गत वर्ष यही महिनामा यो गाडी ११ हजार ४ सय २० युनिट बिक्री भएको थियो। नेक्सा बलेनो गत वर्ष भन्दा यो वर्ष ७०.१७ प्रतिशत बढी बिक्री भएको हो।
३. मारुती अल्टो
तेस्रो धेरै बिक्री हुने गाडीमा मारुती अल्टोले स्थान ओगटेको छ। सेप्टेम्बरमा यो गाडी १८ हजार २ सय ४६ वटा बिक्री भएको छ। गत वर्षको सेप्टेम्बरमा यो गाडी १५ हजार ७९ वटा बिक्री भएको थियो। यसको सेल्स २१ प्रतिशतले बढेको हो।
४. मारुती वेगनआर
१७ हजार ५ सय ८१ युनिट गाडी विक्री गरेर मारुती वेगनआर चौथो धेरै सेल्स हुने गाडी बनेको छ। गत वर्ष सप्टेम्बरमा यो गाडी ११ हजार ७ सय ५७ युनिट मात्र बिक्री भएको थियो। यो वर्ष गाडीको सेल्समा ४९.५४ प्रतिशतले वृद्धि भएको छ।
५. मारुती सुजुकी डिजायर
मारुती सुजुकी डिजायर यो महिनामा १३ हजार ९ सय ८८ युनिट बिक्री भएको छ। गत वर्ष डिजायर १५ हजार ६ सय ६२ युनिट बिक्री भएको थियो। यसको ब्यापार १०.६९ प्रतिशतले घटेको छ।
६. हुण्डाई क्रेटा
सेप्टेम्बरमा हुण्डाई क्रेटा १२ हजार ३ सय २५ युनिट बिक्री भएको छ। गत वर्षको सेप्टेम्बरमा यो गाडी ६ हजार ६ सय ४१ वटा मात्रै बिक्री भएको थियो। यसको ब्यापार ८५.५९ प्रतिशतले वृद्धि भएको छ।
७. हुण्डाई ग्राण्ड आई १०
गत महिना हुण्डाई ग्राण्ड आई१० १० हजार ३ सय ७३ वटा बिक्री भएको छ। २०१९सेप्टेम्बरको तुलनामा यसको सेल्स १०.८५ प्रतिशतले बढेको हो।
८. मारुती अर्टिगा
अर्टिगा सेप्टेम्बरमा ९ हजार ९ सय ८२ युनिट बिक्री भएको छ। गत वर्ष यही महिनामा यो गाडी ३ हजार ६ सय ९८ युनिट मात्र बिक्री भएको थियो। अर्टिगाको सेल्स गत वर्षको सेप्टेम्बर भन्दा ५८.८५ प्रतिशतले बढेको छ।
९. हुण्डाई आई २०
हुण्डाई आई २० सेप्टेम्बरमा ९ हजार ८ सय ५२ ओटा बिक्री भएको छ। गत वर्ष यो गाडी १० हजार १ सय ४१ वटा बिक्री भएको थियो।
१०. किया सोनेट
किया सोनेट गत महिना ९ हजार २ सय ६६ वटा बिक्री भए। याे गाडी सबैभन्दा धेरै बिक्री धेरै हुनेमा १०औं स्थानमा छ।