टाटा गाडीका लागि धादिङको धार्केमा सर्भिसिङ सुविधा उपलब्ध भएको छ। नेपालका लागि टाटा गाडीको आधिकारिक बितरक सिप्रदी टे«डिङ्गले टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागी धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ ।
ग्राहकहरुको मागअनुसार धार्केमा सर्भिसिङ सेन्टर स्थापना गरिएको कम्पनीले जानकारी दिएको छ।
“गाडी बेच्नु मात्र नभएर बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढीरहेको छ । सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्रीपश्चातको सेवालाई उच्च प्राथमिकतामा दिदै आइरहेको छ र यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । र हामीलाई आशा छ यो सर्भिस सेन्टरले यो राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजता प्रदान गर्ने छ' सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाले भने।
कम्मपनीले राजमार्गमा आकस्मिक मर्मत सेवाका लागि २४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन नम्बरहरु उपलब्ध गराएको छ। नेपाल टेलिकमको नम्बरबाट १६६००१५५७७७ वा एनसेलको भए ९८०१५७५७७७ मा फोन गर्न सकिने छ।