नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ।
अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस६ कम्प्लायन्ट २.० लिटरको ४/४ डिजेल अटोमेटिक इन्जिन छ। जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ।
यो गाडी प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक् र पावरफुल एसयुभी’ हो। जसले विकट भौगोलिक बनोट भएको अफरोडमा, भीडभाड र खाल्डाखुल्डीमा पनि आरामदायी ‘ड्राइभिङ एक्सपिरियन्स’ हुने कम्पनीले बताएको छ।
त्यसैले नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ भनी छुट्टाइएको छ।
यो ‘९–स्पिड डिजेल अटोमेटिक’ र ४र४ क्षमता दुवै भएको क्लासकै पहिलो एसयुभी भएको कम्पनीको भनाइ छ।
यसमा कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट छ।
साथै अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एअर ब्याग रहेका छन्।
कम्पासको यो टप–एन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार तोकिएको छ।
‘जिप कम्पासको रेन्जलाई अझ बलियो बनाउन हामीले डिजेल अटोमेटिक भेरियन्ट ल्याएका हौं। हामी हाम्रा ग्राहकलाई प्रोडक्ट मात्र दिँदैनौं, उहाँहरुलाई नयाँ जीवनशैली पनि दिन्छौं', एमएडब्लु लाइफका बिजनेस हेड जोजु जोस थट्टिलले भने।
एमएडब्लु लाइफले दसैंतिहारको अवसर पारेर एक्सचेन्ज क्याम्पेन पनि संचालन गरिरहेको छ। ‘एक्सचेन्ज विथ
जिप’ नाम दिइएको यो क्याम्पेनमा ग्राहकले एक्सचेन्ज बोनस पाउनेछन्।
जिप कम्पास डिजेल अटोमेटिकका मुख्य फिचरहरुः
९–स्पिड अटोमेटिक गियर बक्स र ‘४/४ क्षमता भएको।
१७३ बीएचपी उर्जा उत्पन्न गर्ने शक्तिशाली बीएस६ कम्प्लायन्ट २.० लिटरको टर्बो डिजेल इन्जिन
‘क्रुज कन्ट्रोल’, ‘मेमोरी फंक्सन’सहितको ‘पावर्ड ड्राइभर सिट‘ र ‘फुल साइज पानोरामिक सनरुफ’
‘इलेक्ट्रोनिक स्टार्ट स्टप फङ्सन’ तथा उत्कृष्ट ‘फ्युल इफिसेन्सी’
‘स्टप एन्ड गो ट्राफिक कन्डिसन’का लागि सर्वोत्तम