टिभिएसले अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरेको छ।
यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री यो मोटरबाइकमा स्मार्ट कनेक्ट र एबीएस फिचर थप भएको छ। योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भी ग्राहकले किन्न सक्ने कम्पनीले बताएको छ।
१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन छ। यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८ हजार आरपीएममा र १४.८ एनएम टर्क ६५ सय आरपीएममा उत्पादन गर्छ।
पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ। यसमा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ।
स्मार्ट कनेक्ट फिचर
चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्नसक्ने छन्। यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि हेर्न सकिन्छ।
कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ। त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर रहेको कम्पनीले बताएको छ।
यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ। उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ।
त्यसैगरी गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ। यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ।
लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ।
यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्छ।
कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ।
कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त फिचर मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ। साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखिने छ।
यो मोटरसाइकलको ह्यान्डलबारको वाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ साइन इन्डिकेटर दिइएको छ। यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेशन पाउन सकिन्छ।
यस्तो छ मूल्य
यसअघि बिक्री हुँदै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ थियो। नयाँ आरटीआर १६० फोर भीको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरिएको छ।
नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ। यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ।
जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल सोमबार दिउँसबाट बिक्रीको लागि राखिएको कम्पनीले बताएको छ।
विभिन्न ५ भेरियन्टमा उपलब्ध यी मोटरसाइकल ग्राहकले देशको कुनैपनि क्षेत्रबाट खरिद गर्नसक्ने बताइएको छ।
नयाँ सोरुम स्थापना
टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्याङमा नयाँ शोरुम संचालनमा ल्याएको छ। सोरुमको नाम जगदम्बा इन्जिनियरिङ्ग रहेको छ।
उक्त शोरुमबाट मोटरसाइकलको बिक्री वितरण कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रालले गरे। सोरुमको आधिकारिक उद्धघाटन कात्तिक १ गते हुने बताइएको छ।