जावा ब्रान्डका मोटरसाइकल आजबाट नेपाली बजारमा भित्रने भएको छ।
जावाका २ वटा मोडल सार्वजनिक गर्न लागिएको हो। हाल २९३ सिसी इन्जिन क्षमताका ‘जावा’ र ‘जावा ४२’ गरी २ वटा मोडल सार्वजनिक गर्न लागिएको हो।
चेक रिपब्लिकमा ९० वर्षको इतिहास बोकेको यो ब्राण्डले भारतमा समेत राम्रो ख्याती कमाइरहेको छ। १९६० को दशकमा यो बाइक भारतीय बजारमा प्रवेश गरेको थियो।
यो ब्राण्डले १ सय २० ओटा देशमा बजार बिस्तार गरिसकेको छ।
जावालाई नेपालमा अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइन्कले ल्याउन लागेको हो। कम्पनीले यसअघि नेपालमा महिन्द्रका प्यासेन्जर गाडीहरु बिक्री वितरण गर्दै आइरहेको छ।
जावाका मोटरसाइकल क्लासिक, राम्रो इन्जिन क्षमता तथा अब्बल डिजाइनका कारण चर्चित रहेको कम्पनीले बताएको छ।
यो मोटरसाइकल साँझ ७ बजे जावा फेसबुक पेजमार्फत नेपालमा सार्वजनिक हुँदैछ।