टिभिएस मोटर्स कम्पनीको उत्पादन अपाचे सिरिजले विश्व बजारमा ४० लाख यूनिट बिक्री भएको छ।
कम्पनीले सन् २००५ बाट अपाचे सिरिज उत्पादन सुरु गरेको थियो। उत्पादनको १५ वर्षमा यो सफलता पाएको हो।
नेपालमा पनि जगदम्बा मोटर्सले आधिकारीक बिक्री वितरण गर्दै आएको अपाचे सिरिज निकै सफल मोडलमा परेको कम्पनीले बताएको छ।
यस अवसरमा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने, ‘हामीले अपाचे सिरिजका सबै मोडल नेपालमा बिक्री गर्दै आएका छौं। स्टाइल, पावर र युवा लक्षित डिजायनले अपाचेका सिरिजले सफलता पाएका छन्। भविष्यमा नेपालमै एसेम्बल गरेर ग्राहकको आवस्यकता र चाहना पूरा गर्ने योजना छ।'
४० लाख यूनिट बिक्री पुरा गरेको खुसीमा कम्पनीले नेपालमा आरटीआर १६० फोर भिको ३ नयाँ भेरियन्ट समेत सार्वजनिक गरेको थियो।
नेपालमा अहिले अपाचे सिरिजमा आरटीआर १६० टुभी, १६० फोर भी, २०० फोर भी र आरआर ३१० का विभिन्न भेरियन्टहरु बिक्री भइरहेको छ।