कोरियन अटोमोवाइल कम्पनी हुन्डाइले नयाँ बिजुली कार बजारमा ल्याउने तयारी थालेको छ।
नवभारत टाइम्सका अनुसार कम्पनीले सन् २०२३ सम्म बजारमा ल्याउने गरी सस्तो मिनी एसयुभी ल्याउने तरखर गरेको हो।
यो एसयुभी एकपटकको पूरा चार्जमा २ सय किलोमिटरभन्दा धेरै कुद्ने बताइएको छ।
कम्पनीले यसलाई सिटी कारका रुपमा बजारमा उतार्ने अनुमान गरिएको छ।
हाल यसको मूल्यबारे कम्पनीले औपचारिक जानकारी दिइएको छैन। तर पनि भारतीय बजारमा यसको मूल्य १० लाख भारू हुने आकलन भारतीय सञ्चारमाध्यमले गरेका छन्।