दुई पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ भारतीय बजारमा ल्याएको हो।
ब्लेजमा १२५ सिसीको बिएस६ इन्जिन जडान गरिएको छ। जसले ७ हजार ५ सय आरपिएममा १०.७ बिएपी पावर र ६ हजार आरपिएममा १०.६ एनएम टर्क जेनेरेट गर्छ। यसमा २४० मिलिमिटरको डिस्क ब्रेक दिइएको छ, जसकारण यसको ब्रेकिङ सिस्टम बलियो मान्न सकिन्छ।
त्यस्तै मोटरसाइकलको ह्याण्डलमा युएसभी चार्जर र साइड स्ट्याण्ड इन्डिकेटर पनि दिइएको छ। त्यसैगरी यसमा आई३एस (आईडल स्टार्ट–स्टप सिस्टम) टेक्नोलोजी समावेस छ।
पर्फमेन्स र स्टाइलको कारण ग्ल्यामरलाई ग्राहकले धेरै रुचाएको हिरो मोटोकर्पका सेल्स र आफ्टर सेल्स डिपार्टमेन्ट हेड नविन चौहानले बताए।
ग्ल्यामर ब्लेजको प्रतिकृया पनि निकै राम्रो आइरहेको उनले बताए। कम्पनीले भारतीय बजारमा यसको मूल्य ७२ हजार २ सय भारू निर्धारण गरेको छ।