किया मोटर्सले भारतमा किया सेल्टोसको एनेभर्सरी एडिसन सार्वजनिक गरेको छ।
कम्पनीले यसमा केही फिचर्सहरु पनि थपेको छ। यो १.५ लिटर ६ एमटी पेट्रोल, १.५ लिटर आईभिटि पेट्रोल र १.५ लिटर टर्वो डिजेल ६ एमटी गरी ३ थरी इन्जिनमा अप्सनमा उपलब्ध छ। कम्पनीले यो एडिसन भारतमा ६ हजार यूनिट मात्र बिक्री गर्नेछ। पुरानो सेल्टोस १ वर्ष भित्रमा १ लाख भन्दा धेरै यूनिट बिक्री भएको थियो।
नवभारत टाइम्सका अनुसार सेल्टोसको एचटिएक्स भेरिएन्टलाई कस्मेटिक बदलाव (लिप पुट) गरेर यो स्पेशल एडिसन बनाइएको हो। स्पेशल एडिशनको बडी रेगुलर भन्दा ६० मिलिमिटर लामो अर्थात ४ हजार ३ सय ७५ मिलिमिटर धेरै छ।
यसमा स्मार्ट की रिमोर्ट इन्जिन स्टार्ट फिचर पनि दिइएको छ। त्यस्तै यसमा ६ वटा स्पिकर सहितको १०.२५ इन्च टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, एन्द्रोइड आटो, एप्पल कार प्ले, रियर भ्यू क्यामरा र स्मार्ट वाच कनेक्टिभिटी रहेको छ।
त्यसैगरी यसमा डूअल एयर ब्याग, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटर, अटो लाइट कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, अटोमेटिक एसी, स्मार्ट एयर प्यूरिफायर, अटोमेटिक क्रुज कन्ट्रोल लगायतका फिचर्स पनि राखिएको छ।
यो एडिसन नेपाल भने नआउने कियाको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ सहायक महाप्रवन्धक अनिश लामिछानेले जानकारी दिए।