चीनको अटोमोवाइल कम्पनी ग्रेटवाल मोटर्सले दिल्ली अटो शो २०२० मा बिजुली कार ‘ओरा आर १’ सार्वजनिक गरेको थियो।
कम्पनीले त्यो कारको मूल्य चिनियाँ बजारमा ५९ हजार ८ सय यूआन निर्धारण गरेको थियो। नवभारत टाइम्सको अनुसार कम्पनीले सोही मूल्यमा भारतीय बजारमा उतारे यसको मूल्य ६ लाख १५ हजार पर्नेछ।
यो ५ वटा भएको कम्याक्ट ह्याचब्याक कार हो। कम्पनीको अनुसार फुल चार्जमा यो ३५१ किलोमिटर गुड्न सक्नेछ। ‘ओरा आर १’मा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान गरिएको छ भने ३३ किलोवाटकै मोटर छ।
यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ।
यसमा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ। त्यस्तै यसमा कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेसर मोनिटोरिङ सिस्टम, रिवर्स पार्किङ सेन्सर र क्यासरा लगायतका फिचर्स छन्।