निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले 'निशान लिफ' नेपालमा लन्च गर्ने घोषणा गरेको छ।
करलाई बढाएपछि सो गाडीको लन्च कार्यक्रम पूर्व निर्धारित समयामा हुन सकेको थिएन। तर, नेपाल सरकारले विद्युतिय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ अप्रिलमा लन्च हुने भएको छ।
निशान लिफ संसारभर २५ हजार भन्दा बढी बिक्री भइसकेको कम्पनीले बताएको छ।
पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उत्कृष्ट फिचरहरु, लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ।
अधिक हर्शपावार र टर्क सहित आउने यो गाडीमा ८० प्रतिशतसम्म चार्ज हुन्छ।
यस गाडीमा अत्याधुनिक इ-पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। इ-पेडलमा एक्सलेरेटर पेडल गाडीको गति आफैं कम हुजाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।