नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ।
विश्वव्यापी महामारीको प्रतिकूल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको बताएकाे छ।
सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका गाडी बिक्री गरिरहेको छ। यात्रुको सुरक्षामा विशेष ध्यान पुर्याइएको टाटा गाडीले ग्लोबल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ पाइरहेको कम्पनीको भनाइ छ।
बजार मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गइरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पुर्याउँदै आएको बताएको छ।
साथै टाटा मोटर्सका गाडी किन्न चाहनेले आफूलाई पायक पर्ने टाटा मोटर्सका सोरुममा गएर गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।