नेपालमा टिभिएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकैदिन एक हजार बाइक तथा स्कुटर विक्री गरेर रेकर्ड कायम गरेको छ।
देशभर रहेका १३२ शोरूममार्फत् यति धेरै बाइक तथा स्कुटर विक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए।
यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकैदिन ८२५ युनिट विक्री गरिएको थियो। दसैंको अवसरमा नयाँ बाइक र स्कुटर किन्ने चलन भएकाले दसैं नजिकिँदै गर्दा यी सवारी साधन खरिद गरेका हुन्।
हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टिभिएसका बाइक तथा स्कुटर उपलब्ध भएको कम्पनीले बताएको छ।
यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत् फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ।
उपयुक्त गुणस्तरका बाइक तथा स्कुटर सबैका लागि उपलब्ध भएकाले छोटो समयमा टिभिएसले नेपाली बजारमा सफलता प्राप्त गरेको कोइरालाले बताए।
जगदम्बा मोटर्सले पछिल्लो समयमा स्मार्ट कनेक्ट र एबिएस सहितका अपाचे आरटीआर २०० र आरटीआर १६० समेत नेपाली बजारमा उपलब्ध गराएको छ। टिभिएस एनटर्क स्कुटर नेपाली बजारमा सबभन्दा बढी विक्री हुने प्रिमियम स्कुटर भनेर केही दिन पहिले जगदम्बा मोटर्सले घोषणा समेत गरेको थियो।
नेपाली बजारमा हाल यसका १ सय सिसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सिसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलब्ध छन्।
त्यसैगरी, ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको कम्पनीले बताएको छ। तथापि अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर पछिल्लो समयका सर्वाधिक चर्चित उत्पादन हुन्। जुन युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेका छन्।
टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बलियो, मजबुत र उच्चतम पावर तथा पर्फमेन्सका कारण चर्चित मानिन्छन्। सबै वर्गका राइडर लक्षित मोडल उपलब्ध हुनु यसको अर्को महत्वपूर्ण विशेषता हो। नेपालमा खासगरी युवा पुस्ताले यो ब्रान्डलाई बढी रुचाएका छन्। आधुनिक डिजाइन, आकर्षक लुक्स र उच्चतम पावर तथा पर्फमेन्सका कारण युवा पुस्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको हो।
जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दसैंको आशा’ नामक स्किम ल्याएको छ।
यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन। योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन्।
यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ।
बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले टिभिएस अपाचे आरआर ३१० बाइक जित्न सक्ने छन्। हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि tvsnepal.com/dashain/ मा गएर फारम भर्नुपर्ने छ। जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन्।