इन्टरब्रान्ड बेस्ट ग्लोबल ब्रान्ड २०२० अनुसार हुन्डाई मोटर अटोमोटिभ ब्राण्डको ५औं ब्रान्ड बन्न सफल भएको छ। समग्रमा ३६औं ब्रान्डमा पर्न सफल भएको छ।
कोभिड-१९ महामारीको कारण मन्दी बजार भए तापनी ५औं ब्रान्ड बन्न सफल भएको हो।
पछिल्लो छ वर्षदेखि हुन्डाइ कम्पनी इन्टरब्रान्डमा ४० ग्लोबल कम्पनीमध्ये एक रहेको छ।
सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई गत १५ वर्षदेखि उत्कृष्ट सयको सुचीमा सधैं रहदै आएको कम्पनीको भनाइ छ।
इन्टरब्रान्ड भ्यालुएसन ग्लोबल डिरेक्टर, माइक रोचाले भने “हुन्डाई मोटर कम्पनीको ब्राण्ड मुल्य इभी लाइनअप आइओएनआइक्युको लन्च, फ्युचर मोभिलिटीमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको छिट्टो मार्केट रेस्पोन्स र सोसियल कन्ट्रीब्युसन क्रियाकलापको कारण वृद्धि हुँदै गएको हो।”