सिप्रदी ट्रेडिङ्गले सिक्का एपमार्फत जम्मा भएको प्वाइन्ट बराबरको बिभिन्न उपहारहरु बितरण गरेको छ।
दसैंको अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई उपहार वितरण गरेको हो।
उपहारहरु वितरण कार्यक्रमअन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइअनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगायतका सामानहरु वितरण गरिएको छ।
एक्साइड ब्याट्री नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारीले भने 'एक्साइड ब्याट्री च्यानल' पार्टनरहरु माझ सधैं एक नम्बरमा रहन सफल भएको छ। यससंगै सिप्रदी ट्रेडिङ्गको पहलमा सिक्का एप लन्च गर्न पाउँदा च्यानल पार्टनरहरु खुसी भएका छन्।
सिक्का एपको बिशेषता च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सक्नेछन्। वा आफ्नो रोजाइमा प्वाईन्टअनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सकिन्छ।
एक्साइड ब्याट्री अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ।