महिन्द्रा एण्ड महिन्द्राले तीनवटा मोडलका तीन पांग्रे विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ।
कम्पनीले ‘टेरो जोर’ को पिक अप, डेलिभरी र फ्ल्याट बेड मोडल सार्वजनिक गरेको हो।
लिथियम आयोन ब्याट्री प्रयोग गरिएको यी गाडीमा ब्याट्री बाहेक सबै पाट्स भरतमा निमार्ण गरिएको जि बिजले जनाएको छ।
८ किलोवाटको मोटर जडान गरिएको यी गाडीको 'ब्याट्री लाइफ' १ लाख ५० हजार किलोमिटर रहेको कम्पनीको दावी छ।
कम्पनीले यसमा ३ वर्ष वा ८० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ। यसको सुरुआती मूल्य भारतमा २ लाख ७३ हजार निर्धारण गरिएको छ।