एमजी मोटर इण्डियाको ‘एमजी ग्लस्टर’ ले आक्रामक व्यापार गर्न सफल भएको छ।
यो एसयुभी सार्वजनिक भएको ३ हप्तामै २ हजार भन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ।
एमजी मोडर इण्डियाका प्रवन्ध निर्देशक राजिव चावाले ट्विट गर्दै यो गाडी २ हजार भन्दा धेरै बुकिङ भएको जानकारी दिएका हुन्।
कम्पनीले यो गाडी सेप्टेम्बर २४ मा सार्वजनिक गरेको थियो भने अक्टोबर ८ मा मात्रै मूल्य सार्वजनिक गरेको थियो।कम्पनीले यसको मूल्य २८ लाख ९८ हजार देखि ३५ लाख ३८ हजार भारुसम्म निर्धारण गरेको छ।
कम्पनीले टर्बो डिजेल इन्जिनमा २ वटा र ट्विन टर्बो डिजेल इन्जिनमा ३ वटा गरी कुल ५ वटा भेरिएन्टका ग्लस्टर बजारमा उतारेको हो।
यसमा ७ वटा राइडिङ मोड छन् भने ४ ह्विल ड्राइभ पनि दिइएको छ। यसमा २ लिटरको ४ सिलिन्डर ट्विन टर्बो डिजेल इन्जिन दिइएको छ। यसले २१५ पिएस पावर र ४८० एनएम टर्क जेनेरेट गर्छ।
यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ। जसमा ७० भन्दा धेरै कार कनेक्टेड फिचर्स समावेस छन्।
यसमा १२ वटा स्पिकर भएको म्यूजिक सिस्टम, ८ इन्चको डिजी एनालग ड्राइभर डिस्प्ले, वायरलेस चार्जिङ लगायतका फिचर्स समावेस छन्।
त्यसैगरी, यो एसयूभीमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम राखिएको छ। त्यस्तै यसमा क्रुज कन्ट्रोल, लेन डिर्पाचर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, अटोमेटिक पार्किङ असिस्ट लगायतका फिचर्स छन्।