स्लोभाकियामा उड्ने कारको सफल परिक्षण भएको छ।
स्लोभाकियन कम्पनी ‘क्लेन भिजन’ले तयार पारेको यो गाडी ३ मिनेटमा प्लेनमा रुपान्तरण हुने भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
परिक्षणको क्रममा यो गाडी १ हजार ५ सय फिटको उचाईमा उडेको थियो।
टेस्टिङ गरिएको गाडी २ सिटर हो भने यसको तौल १ हजार १ सय किलो छ। यो कार एक पटकमा ६२० किलोमिटर यात्रा तय गर्न सक्ने कम्पनीको दावी छ। यसको अधिक्तम स्पिड २ सय किलोमिटर प्रतिघण्टा छ।
यसमा बिएमडब्लु १.६ लिटरको इन्जिन जडान गरिएको छ जसले १ सय ४० बिपिएच पावर जेनेरेट गर्छ।
कार टेक अफ गर्नको लागि कम्तीमा ९ सय ४८ फिटको रनवे चाहिन्छ। यो कार उडाउन स्पेसल पाइलट नचाहिने कम्पनीले जनाएको छ।