टिभिएस मोटर कम्पनीले भारतमा नयाँ अपाचे आरटिआर २०० ४भी सार्वजनिक गरेको छ।
नयाँ अपाचेमा केही नयाँ फिचर्स राखिएको छ। यो मोटरसाइकलमा रेन, अर्बन र स्पोर्ट गरी ३ वटा राइडिङ मोड रहेको भारतीय संचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।
यो फिचर पहिले अपाचे आरआर ३१० मा दिइएको थियो। यसको सस्पेन्सनलाई अफ्नो सहजताअनुसार एड्जस्ट गर्न सकिन्छ। यो पनि सेग्मेन्टमै पहिलो फिचर्स भएको कम्पनीले जनाएको छ।
१९७.७५ सिसी, सिङ्गल सिलिन्डर, ४ भल्ब आयल कुल्ड इन्जिनको यो मोटरसाइकलले २०.४ पिएस पावर र १६.८ एनएक टर्क जेनेरेट गर्छ।
यो मोटरसाइकल ‘म्याट ब्लु’ रङ्गमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीले टिभिएस अपाचे सिरिज ४० लाख बिक्री गरिसकेको हो। यो सिरिज टिभिएसको निकै चर्चित सिरिज हो।