गत वर्ष चैत ११ गतेबाट जारी भएको लकडाउनले थला परेको नेपालको अटो व्यवसायलाई दसैंले राहत दिएको छ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी भएको लकडाउनपछि चार महिना बढी समय गाडी व्यवसाय बन्द रहेको थियो।
अहिले गाडीको व्यापार गत वर्ष भन्दा कम भएपनि परिस्थितीअनुसार सन्तोषजनक रहेको व्यवसायीहरुको भनाइ छ।
लकडाउनपछि साउनमा एक महिना व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुले भदौ महिनामा भने निषेधाज्ञाको सामना गर्नुपरेको थियो।
दसैंले अटो व्यवासायीहरुलाई राहत दिएकाे नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए।
विगत वर्षमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष करिब साढे ८३ हजार सवारी आयात भएका छन्।
यो वर्ष ४ हजार १ सय ३३ कार/
जीप, ७० हजार २ सय ६० मोटरसाइकल र अन्य सवारी साधन २ हजार २ सय ९० वटा गरी ८३ हजार २ सय १४ सवारी आयात गरिएको दुलालले जानकारी दिए।
यो वर्ष १९ अर्ब ८२ करोड ८१ लाख ६ हजार बराबरका सवारी आयात भएको उनले जानकारी दिए।
कोराना भाइरसका कारण सार्वजनिक सवारी अभाव, संक्रमणको जोखिमका कारण पनि निजी सवारी प्रयोग गर्नेहरुको संख्या बढेको उनले बताए।